सुनको मूल्य पुनः उकालो चढ्दै, तोलामा तीन सय रुपैयाँ बढ्यो

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १२:०९

मकवानपुर ।सुनको मूल्य फेरि बढ्न थालेको छ। हिजो ९सोमबार० तोलाको ७८ हजार रुपैयाँमा किनबेच हुँदै आएको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर ७८ हजार ३ सय रुपैयाँ पुगेको छ।

यसअघि सुन निरन्तर बढेर तोलाको ८० हजार ३ सयसम्म पुगेको थियो। त्यसपछि घट्न थालेको सुनको मूल्य फेरि उकालो लाग्न सुरु गरेको हो।

कोरोना भाइरसका कारण निरन्तर बढेको सुनको मूल्य केही घटेको थियो। तर, अहिले पुनः कोरोना भाइरस विश्वभर फैलिएको त्रास फैलिएसँगै सुनको मूल्य बढ्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*