हिमालय एअरलाइन्सले भित्र्यायो नयाँ विमान

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १३:०८

मकवानपुर । हिमालय एअरलाइन्सले नयाँ विमान ल्याएको छ । एअरलाइन्सले ए ३१९–११५ सिरिजको नयाँ विमान सोमबार काठमाण्डौ आइपुगेको जनाएको छ ।

क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराएको कम्पनीले जनाएको छ । नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तीन वटा एअरबस ए ३२०–२१४ र एक एअरबस ३१९–११५ गरी चार वटा विमान भएका छन् ।

सोमबार आइपुगेको एअरबस ए ३१९–११५ छोटोदेखि मध्यम दुरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारोबडी, दुई इन्जिनयुक्त जेट विमान हो । आठ बिजनेस क्लास सिट र एक सय २० इकोनोमी क्लास सिट क्षमता रहेको विमानले १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्नेछ ।

यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान सङ्ख्या बढाउँदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने हिमालय एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सले सन् २०२१ सम्म थप दुई वटा विमान थप्ने जनाएको छ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*