बलात्कार आरोपित सिद्धबाबाद्वारा आत्मसमर्पण, आजै कारागार चलानको तयारी

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १४:०७

मकवानपुर । आफ्नै भक्तमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरीलाई थुनामा पठाउने आदेश दिनुपूर्व नै उनी भारत भागेका थिए । अदालतमा आत्मसमर्पण गरेसँगै उनलाई उच्च अदालत सुनसरीको आदेश अनुसार कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगरमा पुनरावेदन गरेको थियो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*