महिला शङ्कास्पद अवस्थामा मृत फेला

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १६:४७

मकवानपुर । महोत्तरीको भङ्गाहा नगरपालिका- ३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । राकेश झाकी पत्नी कञ्चन आज बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अस्वाभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृति मुचुल्का बनाई शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। भङ्गाहा-५ स्थित सीतापुर प्रहरी चौकीबाट एक सय मिटर नजिक नै यो घटना भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारजनले भुण्डिएको अवस्थामा आफुले देखेपछि बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएको प्रहरीले जनाएको छ । परिवारजनले कञ्चनले आत्महत्या गरेकी बताइरहेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*