रुघाखोकी तथा ज्वरो आएमा यात्रा नगर्न बुद्ध एअरको अनुरोध

लोकखबर
२१ फाल्गुन २०७६, बुधबार १०:२४

मकवानपुर ।बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएमा यात्रा नगर्न अनुरोध गरेको छ ।

कम्पनीले विज्ञप्ति निकालेर टिकट काटिसकेका यात्रुमा समस्या भएमा यात्रा रद्द गर्न अनुरोध गर्दै टिकट रद्द गरेबापत भाडा फिर्ता गरिने जनाएको छ । विज्ञप्तिमा रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजन विमानस्थलमा नआउन आह्वान गरेको छ ।

यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति निकालेर विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरेको थियो ।

विमानस्थलबाट उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण पनि बन्द गरेको छ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*