गोरखामा बनिरहेको पुल भत्कदा तीन जना घाइते

लोकखबर
२१ फाल्गुन २०७६, बुधबार १६:०८

मकवानपुर । गोरखामा निर्माणाधीन पुल भत्कदा तीन जना कामदार घाइते भएका छन् । ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल ढलेको हो । पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन् ।

घाइते मध्ये दुई जनाको स्थानीय मेडिकलमा र एक जनाको थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।खबरअब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*