मन्त्री अर्याल सवार विमान आकस्मिक अवतरण

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार ११:५६

मकवानपुर । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको यति एअरलाईन्सको विमान आकस्मिक अवतरण भएको छ ।

विहीवार विहान ८:५० बजे काठमाडौंबाट पोखरालागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुन काठमाडौं फर्काइएको थियो । र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*