मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, सिन्धुपाल्चोक र मकवानपुर पुग्ने

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १२:२०

मकवानपुर । मिस वर्ल्ड २०१९ विजेता जमैकाकी टोनी एन सिंह नेपाल आएकी छिन् ।

उनी विहीवार(आज) विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।

तीन दिने भ्रमणका लागि नेपाल आएकी सिंहलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरेका थिए । सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

नेपालमा रहँदा उनले सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा गर्नेछिन् । उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्ने कार्यक्रम रहेको छ ।

उनले हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुष्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् त्यस्तै उनी पूर्व मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर जाने कार्यक्रम रहेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*