ललितपुरका आधादर्जन ठाउँमा तीन दिन बिजुली जाने

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १३:०६

मकवानपुर । ललितपुरका आधादर्जन ठाउँमा तीन दिन बिजुली बत्ती जाने भएकोछ। नेपाल विद्युत प्राधिकरणका अनुसार, फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत लगायतका क्षेत्रमा बिहीबार, शनिबार र आइतबार दिउँसो बिजुली आपूर्ति बन्द हुने छन्।

प्राधिकरणका अनुसार,आज ९बिहीबार० शनिबार र आइतबार (२४ र २५ गते) बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले पुल्चोक वितरण केन्द्रअन्तर्गत पाटन फर्पिङ फिडरबाट विद्युत वितरण गरिएको क्षेत्रमा ३ दिन विद्युत कटौती गर्ने भएको हो। ११ केभी लाइन स्तरोन्नती ९अपग्रेडिङ० गर्नुपर्ने भन्दै आपूर्ति बन्द गर्न लागेको हो।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*