नेपालले कुनै पनि देशमा हवाइ उडान बन्द नगर्ने

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १४:३५

मकवानपुर ।नेपालले तत्कालै कुनै पनि हवाइ उडानमा प्रतिबन्ध नलगाउने भएको छ ।

कोरोना भाइरसको रोकथाम र पूर्व तयारीको लागि कोरोना प्रभावित देशमा हुने उडान रोक्न माग भैरहेका बेला सरकारले भने एअरलाइन्स कम्पनीले नै उडान कटौती गरेकाले अहिले उडान रोक्न आदेश दिनु नपर्ने जनाएको छ ।

कोरोनाको रोकथाम र पूर्व तयारीबारे हवाइ कम्पनी नै जिम्मेवार भैरहेको र उनिहरुले नै उडान कटौती गरेकाले नेपालले उडान रोक्न नभनेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले विश्वका कुनै पनि देशले आदेश दिएर हवाइ उडान नरोकेको भन्दै महानिर्देशक पोख्रेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका कतिपय नियमका कारण पनि नेपालले उडान प्रतिबन्ध लगाउन नसक्ने बताउनुभयो ।

कोरोना प्रभावित देशमा हुने उडानमा निकै कटौती भएको विमानस्थले जनाएको छ । चीनमा हप्तामा ७० वटासम्म उडान हुँदै आएकोमा अहिले एअर चाइना र चाइना इस्टर्नले हप्तामा १२ वटा उडान गर्दै आइरहेका छन् ।

एक महिनाअघिसम्म दैनिक ९० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा अहिले विमानस्थलबाट दैनिक जम्मा ४५ देखि ५० वटा मात्रै अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*