प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवाको विप्लव समूहमा संलग्नता पाइएन

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १४:५५

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरुवाको विप्लव समूहसँग आवद्धता नरहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेपछि प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकुल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिले अनुसन्धान गरेर प्रतिवदेन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई बुझाएको छ ।

अध्ययनका क्रममा तिरुवाको वुवा द्वन्द्वकालमा मारिएको हुँदा उनी सहिद परिवारकै रहेको र उनको वुवा द्वन्द्वकालमा राज्यपक्षबाट मारिएको पाइएको उल्लेख गरिएको छ ।

तर नेकपाको जुम्ला कमिटिले भने एक विज्ञप्ति जारी गर्दै रतनका बुवा जनयुद्धका क्रममा सहिद नभएको दाबी गरेको थियो ।

समितिका संयोजक एसएसपी थापाका अनुसार प्रतिवेदनमा उनको विप्लव समूहसँग कुनै संलग्न नपाइएको उल्लेख भएको जानकारी दिए ।

गत १८ फागनुमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा क्रममा अध्यक्ष प्रचण्डमाथि जुम्ला सिन्जा गाउँपालिका–२ घर भएका २१ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

कार्यक्रममा प्रचण्डले ‘वर्ग’ बारे गरेको विश्लेषण चित्त नबुझेपछि आवेशमा जुत्ता प्रहार गरेको उनले बयान दिएका थिए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*