मौसम अपडेट :

आज मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना

लोकखबर
२३ फाल्गुन २०७६, शुक्रबार ०७:२२

मकवानपुर । मुलुकका केही भागमा अबको केही दिन मेघ गर्जन सहित चट्याङ, हावाहुरी तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार (आज) तीन दिने मौसमको पूर्वानुमान विवरण सार्वजनिक गर्दै महाशाखाले हाल देशको मध्य तथा पूर्वी भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउ समेत अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २३ गते (शुक्रबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू–भागका केही स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङर हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ हावाहुरी, असिना सहित वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

फागुन २४ गते (शनिबार)
दिउँसो :  देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्र हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति : देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदलि रहनेछ । देशको पश्चिमी भु–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भु(भागका एकरदुई स्थानमा मेघ गर्जनर चट्याङर सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ ।

फागुन २५ गते (आइतबार)
दिउँसो :  देशको पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति :  देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*