श्रीमतीको हत्या कसुरमा २० वर्ष कैद

लोकखबर
२३ फाल्गुन २०७६, शुक्रबार ११:०५

मकवानपुर । श्रीमतीको हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले श्रीमानलाई २० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

२३ वर्षीया रत्ना रावतको हत्या गरेको कसुरमा सुर्खेतको लेकबेसी नगरपालिका ८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई अदालतले यस्तो फैसला गरेको हो ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार हत्या कसुरमा फैसला गरेको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । हत्या गरिएकी रत्नाकी नजिकका आफन्तले क्षतिपूर्ति रकम पाउने आचार्यले बताउनुभयो ।

चार वर्षअघि माइइती गाउँ चामुण्डाका स्थानीय युवासँग विवाह गरी भारतको गढवाल पुगेकी थिइन् । रत्नालाई उहाँको अघिल्लो पतिसँगै मजदुरी गर्ने नवलसिंहले त्यहाँबाट भगाएर सिमलामा पुर्याए र गएको जेठको पहिलो हप्तामात्र सुर्खेतको साटाखानी पुर्‍याएका थिए ।

विवाह भएको तेस्रो वर्षमै दोस्रो श्रीमती भित्र्याएपछि ‘दम्पतीबीच असमझदारी बढ्दै गरेको थियो’ रत्नाका दाजु पूर्णबहादुर रावतले सुनाउनुभयो । रत्ना निःसन्तान हुनुहुन्थ्यो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ पिङडाँडामा रहेको माईतीघर आएको तेस्रो दिन २०७६ जेठ ९ गते गोठाला गएको मौका पारी नगरपालिकाको वडा नम्बर १ काफलगैरामा नवलसिंहले रत्नाको हत्या गरेको प्रहरी अनुसन्धान र घटनाप्रकृतिले पुष्टि गरेको अदालतको फैसलामा उल्लेख छ ।

घटनाको दोस्रो दिन नवलसिंहले रत्नाको शव काफलगैरामा भेटिएको भनि रुपैडिया पुगेर टेलिफोनमा खबर छोडेको आधारमा खोजी गर्दा शव फेला परेको थियो । मृतकको शव परीक्षण दुल्लू अस्पतालमा भएको थियो । शव परीक्षण प्रतिवेदनमा घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।

पीडित पक्षले गएको जेठ ११ गते कर्तव्य ज्यान अर्थात् हत्या आरोपमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा गएको असार ३ गते भारतको सिमलाबाट पक्राउ गरेको थियो ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*