दुबईका शेखले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर

लोकखबर
२३ फाल्गुन २०७६, शुक्रबार १३:५३

मकवानपुर । दुबईका शासक शेख मोहम्मद बिन रशिद अल-मक्तुमले छोरीको अपहरण र पत्नीलाई धम्की दिएको बेलायती अदालतको ठहर गरेको छ ।

अपहरण, जबरजस्ती फिर्ता लैजाने, प्रताडना तथा तर्साउने र धम्क्याउने कार्यलगायत कार्य गरेको उनकी पूर्वपत्नी राजकुमारी हाया बिन्त अल-हुसेनले लगाएका आरोपहरू पुष्टि भएको बिहीवार अदालतले ठहर गरेको छ ।

आठ महिना अघि सुरु भएको उक्त मुद्दापश्चात् अदालतले राजकुमारी हायाका पक्षमा एउटा फ्याक्ट फाइन्डिङ जजमेन्ट(एफएफजे), तथ्यको खोजी गर्ने निर्णय, प्रकाशित गरेको बीबीसीले जनाएको छ ।

राजकुमारी हाया गत वर्ष दुबईबाट आफ्ना दुई बच्चाका साथ भागेकी थिइन् । उनले साथीहरूलाई आफ्नो ज्यान जाने डरले भागेको बताएकी थिइन् ।

शेख मोहम्मदले निर्णयलाई सार्वजनिक जानकारीभन्दा बाहिर राख्ने असफल प्रयास गरेका थिए ।

तर यो विषय सार्वजनिक हितको भएको भन्दै अदालतले उनको अपिल खारेज गरेको थियो । दुबईका शासकलाई “अदालतसमक्ष खुला तथा इमानदार नभएको” ठहर गरिएको थियो ।

ब्रिटिश अदालतको फैसला प्रकाशित भएपश्चात् जारी एक वक्तव्यमा, शेख मोहम्मदले भनेका छन्, “सरकार प्रमुखका रूपमा म अदालतको तथ्य खोज्ने प्रक्रियामा सहभागी हुन सक्षम थिइनँ र त्यसपछि ‘तथ्य-खोजी’ फैसाला जारी गरियो। त्यसले केवल एकपक्षीय कथा मात्र बताउँछ।” खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*