७ लाख ७० हजारको धनमाल चोरियो

लोकखबर
२३ फाल्गुन २०७६, शुक्रबार १५:४८

मकवानपुर ।काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका-३ घर भएका ४८ वर्षीय शम्सेर योन्जनको कोठाबाट ७ लाख २० हजार बराबरको धनमाल चोरी भएको छ।

प्रहरीका अनुसार योञ्जनको नगद ३ लाख रूपैयाँ र ३ लाख २० हजार मुल्य बराबरको ६ तोला सुनका विभिन्न गहना चोरी भएको हो।

भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटमा रहेको सविता शर्मा पौडेलको घरबाट नगद र सुनका गहना गरी १ लाख ५० हजार रूपैयाँ बराबरको चोरी भएको छ।

नगद ३० हजार रूपैयाँ र सुनका विभिन्न गहना बिहीबार बेलुकी चोरी भएको हो। चोरीमा संलग्नहरूको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ। नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*