हेटौंडामा ठूलो लगानीमा टिभी, रेडियो,अनलाइन संचालनमा आउँदै

लोकखबर
२४ फाल्गुन २०७६, शनिबार १२:०८

मकवानपुर । वागमती प्रदेशको स्थायी राजधानी हेटौंडाबाट अहिलेसम्मको ठूलो लगानीमा मिडिया हाउस सन्चालनको तयारी भएको छ ।

करिब चार करोड लगानीमा टेलिभिजन, रेडियो तथा अनलाइन एकैसाथ प्रशारण गर्ने तयारी गरिएको हो । आइटिआई मिडिया प्रालिका नाममा बागमती टिभी दर्ता भएको छ भने नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम पनि प्रसारणको तयारी गरिएको जनाइएको छ ।

२०७७ वैशाख १ गतेदेखि वागमती टेलिभिजन प्रसारण हुने भएको छ । सञ्चार रजिस्टारको कार्यालय हेटौँडामा आइटिआइ मिडिया प्रालिका नाममा शुक्रबार वागमती टेलिभिजन दर्ता भएको टिभीका प्रबन्धक रामकुमार एलनले जानकारी दिए ।

तीनसाताभित्र परीक्षण प्रसारण र नयाँ वर्षदेखि नियमित प्रसारणको तयारीसहित काम भइरहेको टेलिभिजनका प्रवन्धक एलनले बताए ।

प्रबन्धक एलनका अनुसार २४ सै घण्टा प्रसारण हुने टेलिभिजनले नेवारी, तामाङ, भोजपुरी, अँग्रेजी र नेपाली भाषमा दैनिक १४ बुलेटिन प्रसारण गर्ने छ । हेटौँडामा प्रसारण स्टेसन निर्माण भइरहेको र एउटै प्रसारण गृहबाट टेलिभिजनसँगै ल्याइने प्रवन्धक मनोज ढोडरीले जानकारी दिए ।

कम्पनीले दुवै एफमएमको पनि प्रसारण इजाजत लिइसकेको छ । हेटौँडाका उद्योगी, व्यवसायी समाजसेवीसहित सर्वसाधारणको ४ करोड रुपैयाँ लगानीमा वागमती टेलिभिजन, नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम प्रसारणको तयारी भएको प्रवन्धक तिलक अधिकारीले बताए । रेडियो र टेलिभिजनमा ३० पत्रकारसहित ७५ जनाले रोजगारी पाउने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*