डलरको मूल्य निरन्तर बढेर ११८ रुपैयाँ ३२ पैसा पुग्यो

लोकखबर
२५ फाल्गुन २०७६, आईतवार १३:२४

मकवानपुर । कोरोना भाइरसका कारण अमेरिकी डलरको मूल्य निरन्तर बढेर ११८ रुपैयाँ ३२ पैसा पुगेकोछ। गत साताको सोमबार एक अमेरिकी डलर खरिद गर्न ११५ रुपैयाँ ८६ पैसा भए पुग्थ्यो। तर, आज एक डलर खरिद गर्न ११८ रुपैयाँ ३२ पैसा चाहिने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आज (आइतबार)का लागि एक डलरको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा तोकेको छ। यसैगरी,कोरोना भाइरसका कारण सुन पनि बढेर तोलाको ८२ हजार ५ सय पुगेको छ। कोरोना भाइरसको डर क्रासका कारण सुन र डलर किनेर राख्न थालेपछि महँगो हुन पुगेको विज्ञहरुको भनाइ छ।

नेपाली रुपैयाँ बलियो नहुनुको कारण भारतीय रुपैयाँ कमजोर हुनु हो। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ।

नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान मंहगो पर्ने भएको छ। डलर बलियो भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ।

२०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न ११९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो । तर, पछिल्लो समय पुनः डलर बलियो हुन पुगेको हो।

एक विज्ञले भने, ‘डलर बलियो हुँदा नेपाली रुपैयाँ कमजोर हुन्छ र यसले नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ।’ डलरको भाउ बढदा तेस्रो मुलुक (भारतबाहेक)बाट आयात हुने सामानको मूल्य पनि बढने राष्ट्र बैंकको भनाइ छ।

डलरको भाउ कमजोर हुँदा विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा कम रकम र डलर बलियो हुँदा बढी रकम पाउँछन्। डलर बलियो भएका कारण रेमिट्यान्स पठाउने नेपालीलाई भने फाइदा हुन्छ। नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*