दुई दिनमा ‘बागी ३’ को कमाइ कति ?

लोकखबर
२५ फाल्गुन २०७६, आईतवार १४:५२

मकवानपुर । हिन्दी फिल्म ‘बागी ३’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा प्रभाव देखिए पनि यो फिल्मलाई भने खासै असर पुगेको छैन ।

फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । दर्शकले फिल्मको एक्सन प्याक रुचाएका छन् । दुई भाइको सम्बन्धमा आधारित यो फिल्ममा टाइगर श्राफले खतरनाक स्टन्ट दिएका छन् ।

फिल्मले शनिवार १६ करोड ३ लाख कमाइ गरेको ट्रेण्ड एनालिस्ट तरण आदर्शले जनाएका छन् । उनका अनुसार भारतमा मात्र फिल्मको कूल कमाइ ३३ करोड ५३ लाख भारु पुगेको छ ।

टाइगर श्राफ, श्रद्धा कपूर, रितेश देशमुखको शीर्ष भूमिका रहेको यो फिल्मले भारतमा खुबै तारिफ बटुलेको छ । नेपालमा पनि टाइगरका हजारौं फ्यान छन् ।

खबरहब डटठकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*