बृद्ध मृत अवस्थामा भेटिए

– भेटिए भतिजको कुखुरा फार्ममा
लोकखबर
२०८३ असार ७, आईतवार २२:३०

बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको भोट्थानसिङ चापाबोटका एक वृद्ध मृत भेटिएका छन् । भतिजाको कुखुरा फार्ममा मृत भेटिएका हुन् । ककनी गाउँपालिका–५ भोट्थानसिङ चापाबोटका ५९ वर्षीय चतुरमान तामाङ कुखुराको फार्मभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तामाङ आफ्नो घरबाट करिब एकसय मिटर दक्षिणतर्फ रहेको भतिज ३२ वर्षीय कृष्णबहादुर लामाको कुखुरा फार्मभित्र मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार तामाङ फार्मभित्र रहेको फलामको बलोमा विद्युतीय तारको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको