श्रीपन्चकन्यामा एसईई सफलताको कामना सहित बिदाई

रामकुमार दानी
२६ फाल्गुन २०७६, सोमबार ११:००

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८, इपापन्चकन्यामा रहेका श्रीपन्चकन्या माविले कक्षा दशका विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रम कक्षा ९ का विद्यार्थीले आयोजना गरेका हुन् । कार्यक्रममा पन्चकन्या बालक्लवका अध्यक्ष सुशान्त रेग्मीको अध्यक्षता तथा भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारी, विद्यालयका प्रधानाध्यापक सुरेशकुमार ठकुरी, विद्यालयका निमित्त प्रधानाध्यापक अमृतप्रसाद भट्टराईको विशेष आतिथ्यमा भएको थियो ।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीले यो वर्षको शैक्षिक सत्र अन्त्य भएकाले कक्षा १० का एघार जना विद्यार्थीलाई खादा तथा टिका लगाएर सम्मासहित बिदा गरेका थिए । कार्यक्रममा एसइइ सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो ।

विद्यालयका शिक्षक पूर्ण लामा, रोहितकुमार श्रेष्ठ, पुष्पराज अधिकारी, जयराम कठायत, बबिता खड्का, नरेशकुमार ठकुरी, भुवनकुमार कठायत, सरस्वती दानी,मीना घिसिङ, रामप्रसाद अर्याल, नरेन्द्र राय यादव, सुमी बस्नेत, अभिभावक संघका अध्यक्ष सुरेन्द्र खड्का लगायत विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक बबिता खड्का, जयराम कठायत, नरेशकुमार ठकुरी, अमृतप्रसाद भट्टराई, सुरेशकुमार ठकुरीले विद्यार्थीलाई शुभकामना सहिद विदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारीले उपस्थितलाई शुभकामना दिदै वि.स.२०७२ सालको भूकम्पले विद्यालयको भवन पूर्ण रुपमा क्षति भएपछि भवनको अभावले शैक्षिक गुणस्तर कमी आएकोमा दुःख व्यक्त गरे । उनले आफ्नो कार्यकालमा जे जसरी भएपनि नयाँ विद्यालय भवन निर्माण गर्न लागिपरेको तर स्थानीयको मुद्दा र अख्तियारमा उजुरीका कारण असफल भएको बताए । उनले भने, ‘अड्डा, अदालत,अख्तियार जहाँ गएपनि मैले बदमासी गरेको छैन, त्यसैले मेरो कार्यकालको अन्तिमतिर भएपनि १५-१८ कोठाको भवन अहिले फेरी एघार वटा मध्ये पनि एक नम्बरमा पास गराएको छु । यो भवन जाइकाले निर्माण गर्ने कुरा छ । ’ उनले अब कुनै पनि हालतमा नयाँ भवन बनाउँनुपर्छ ।

विद्यालय व्यवस्थापन समितिमा जो आएपनि तपाईं नेपाल सरकारको कर्मचारीको नाताले कुनै पनि कसर बाँकी नराखी निर्णय गर्न  विद्यालयका प्रधानाध्यापकलाई उनले अनुरोध गरे । भूकम्पपछि पन्चकन्या माविलाई डिरेक नेपाल संस्थाले कृषिको जग्गामा १२ कोठे ट्रस्टको भवन निर्माण गराएर अहिले पठनपाठन गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*