सिमलटारका किसानलाई बंगुरका पाठापाठी वितरण

लोकखबर
२६ फाल्गुन २०७६, सोमबार ११:३१

मकवानपुर । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा र हेटौंडा ११ स्थित सिमलटार टोल विकासमा रहेको स्वरोजगार बङ्गुर पालक कृषक समुहका पदाधिकारी तथा सदस्यहरुबीच अन्तरक्रिया र उन्नत जातको बङ्गुरको पाठा पाठी वितरण गर्ने कार्यक्रम भएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा बङ्गुर पालन स्रोत विकास कार्यक्रम अन्तर्गत अन्तरक्रिया र पाठा पाठी वितरण कार्यक्रम भएको हो । कार्यक्रममा उन्नत जातका ३० वटा पाठा पाठी वितरण गरिएको थियो । पशु विकास फार्म तथा राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा.नारायणप्रसाद शर्माले बताए । पत्येक वर्ष बङ्गुर पालनको तालिम तथा उन्नत जातका पाठा पाठी वितरण गर्दै आएको डा.शर्माले बताए ।

कार्यक्रममा पशु प्रजनन कार्यालय पोखराका लेखा अधिकृत पदमबहादुर घिमिरे, हेटौंडा उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य जुना दाहाल, सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर, स्वरोजगार बङ्गुर पालक कृषक समुहका अध्यक्ष देवेन्द्र राई, हेटौंडा उपमहानगरपालिका पशु सेवा शाखाका प्रतिनिधि डा.कमल अधिकारी र स्वरोजगार बङगुर पालक कृषक समुहका प्रेस सल्लाहकार गोविन्द प्रसाद न्यौपाने, व्यवस्थापक छेगुन लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*