इराकमा सैन्य शिविरमा आक्रमण, ३ जनाको ज्यान गयो

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार ११:११

मकवानपुर । इराकको राजधानी बगदाद नजिक रहेको एक सैन्य शिविरमा भएको रकेट आक्रमणमा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

उत्तरी बगदाद नजिक रहेको ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२ जना घाइते भएका छन् ।

ताजी सैनिक शिविरमा अमेरिकी र बेलायती सैनिकले इराकी सुरक्षाबललाई प्रशिक्षण दिँदै आइरहेका छन् ।

अमेरिकी सेनको स्रोतअनुसार आक्रमणमा एक जना अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक जना बेलायती सैनिकको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलाइएको छ ।

गएको जनवरीमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैनिक कमाण्डर कसिम सुलेमानीको ज्यान गएपछि अमेरिका–इरान तनाव बढिरहेको छ ।

यो आक्रमण कसले गरेको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । यद्यपि यो आक्रमण इरान समर्थित विद्रोहीहरुले गरेको हुनसक्ने बताइएको छ ।

इराकमा अमेरिकी सैनिकको उपस्थितिलाई इरानले लगातार विरोध गर्दै आइरहेको छ । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*