तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार ११:५०

मकवमनपुर । साप्ताहिक कारोबारको पाँचौ दिन आज ९विहिबार० सुनको मूल्य केही ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ८१ हजार ५ सय कायम भएको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी भने बुधवारको तुलनामा २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*