विवाह उत्सवमा अभिनेत्री आँचल शर्मा

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार १२:५५

मकवानपुर । नेपाली म्युजिक भिडियो हुँदै ठूलो पर्दासम्म आइपुगेकी नायिका आँचल शर्मा बिहीबार वैवाहिक सम्बन्धमा बाँधिदैछिन्।

उनी चितवनका उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिदैछिन्। करिब एक वर्षको प्रेम सम्बन्धलाई सार्थक बनाउँदै आँचल र उदिपले विवाह बन्धनमा बाधिने निष्कर्षमा पुगेका थिए।

विवाहकै योजना र ब्यस्तताले हुनुपर्छ फिल्म ‘झिँगे दाउ’को छायांकनपश्चात आँचल फिल्म तथा म्युजिक भिडियोको पर्दामा देखिएकी छैनन्। तथापि, विवाहपछि केही समय कुरेर भने अभिनयमै खर्चने आँचल बताउँदै आएकी छन्।

उनको अभिनय रहेको ‘झिँगे दाउ’ प्रदर्शनको पाइपलाइनमा छ। केही हप्ता अघिबाटै विवाहको चर्चा परिचर्चामा रहेकी आँचलले यसअघि इङ्गेजमेन्ट र मेहेदी कार्यक्रम सम्पन्न गरिसकेकी छन्। खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*