छोराको हत्या गर्ने बुबा पक्राउ

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार १३:१५

मकवानपुर । कञ्चनपुरमा छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरको अभियोगमा बुबा पक्राउ परेका छन्।

भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनले १६ वर्षीय छोरा सुवर्ण चन्दलाई हत्या गरेको प्रहरीले जनाएको छ।

उनले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

हत्या गर्नुको कारण भने खुलेको छैन। प्रहरीले डम्बरविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ। नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *