बालिकालाई जबर्जस्ती करणी अभियोगमा युवक पक्राउ

मकवानपुर । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ को नदिया टोल बस्ने एक युुवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा १९ वर्षीय करन सहनी रहेका छन्। उनलार्ई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले करनलाई पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धि कसूरमा अनुसन्धान थालेको जनाएको छ। नेपालन्युज डटकमबाट