कोरोनाको कारण यो वर्षको युरो कप अर्को वर्ष हुने

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार १५:०३

मकवानपुर । युरोपियन फुटबल महासङ्घ (यूईएफए)ले’युरो कप २०२०ु को मिति एक वर्ष पछि सार्ने तयारी गरेको बताइएको छ । युरोपका धेरै फुटबल सङ्घले यूईएफएसँग प्रतियोगिता एक वर्ष सार्नका लागि पत्र पठाएको ‘द सनुले जनाएको छ ।

पछिल्लो पटक युरोपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण अर्को वर्षको गर्मीसम्मका लागि युरो कप सार्न अनुरोध गरेको बताइएको छ । यूईएफएले भने यसअघि निर्धारित मितिमा नै प्रतियोगिता हुने बताउँदै आएको थियो ।

प्रतियोगिता सार्ने, नसार्ने भन्ने विषयको निर्णय यूईएफएका प्रमुख एलेक्सान्देर सेफेरीनले गर्ने द सनले जनाएको छ । आउँदो जुन १२ देखि जुलाइ १२ तारिखसम्म हुने प्रतियोगिताका लागि यूईएफएले टास्कफोर्स तयार गरिसकेको छ ।

युरो कपको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने युरो कप २०२० विभिन्न १२ देशमा गरिनेछ । कोरोनाको उच्च प्रभाव परेको इटाली समेत युरो कपको आयोजक देशको रुपमा रहेको छ । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*