मौसम अपडेट
आजबाट तीन दिन मेघगर्जन सहित वर्षा
मकवानपुर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रवार) बाट आइतबारसम्म मेघ गर्जन सहित चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना छ ।
नेपालमा पश्चिमी वायूको प्रभाव रहेकोले देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आशिंक भएको छ । महाशाखाले मौसमी विवरण जारी गर्दै चट्याङ र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।