होलीमा अत्यधिक रक्सी खाँदा धनुषामा ६ जनाको ज्यान गयो
मकवानपुर ।होली पर्वको दिन रक्सी खाँदा धनुषामा ६ जनाको ज्यान गएको छ ।
अत्यधिक मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाको जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।
मदिरा सेवन गरेका रमदैयाका तीन जनाको बिहीबार दिउँसो र दुई जनाको राति ज्यान गएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० पप्पु नायकले जानकारी दिनुभयो ।
उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको रक्सी खाएर वा अन्य कारणले ज्यान गएको हो भन्ने कुराको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उज्यालो अनलाईन डटकमबाट












































