अर्काको नाममा आफ्नो फोटो टाँसेर ‘ट्रायलु दिने २ जना पक्राउ

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १०:५३

मकवानपुर ।ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धामीलाई बिहीबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक(९एसएसपी)भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका अवस्थामा ती दुई जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ । धामीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताउनुभयो । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*