कटुवा पेस्तोल र गोलीसहित मोरङबाट ३ जना पक्राउ

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १३:४५

मकवानपुर ।मोरङको सुनबर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ राउण्डसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, अन्नद कुमार मण्डल र राकेश कुमार साह रहेका छन् ।

सुनबर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मदिरा पिएर होहल्ला गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुमाथि तलासी गर्ने क्रममा पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट ‘अन टेस्ट’ लेखिएको मोटरसाइकल समेत बरामद गरेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*