कोरोना रोकथाम तथा उपचारका लागि सात वटै प्रदेशमा आइसियू र आइसोलेसन निर्माण गर्ने निर्णय

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १४:३८

मकवानपुर । सरकारले कोरोना भाइरसको संक्रमण देखापरेमा काठमाडौं उपत्यकासहित सात वटै प्रदेशमा आइसियू र आइसोलेसन सेवासहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ।

अहिले उपत्यका र प्रदेशमा रहेका सेवाभन्दा थप उपचार सेवा प्रदान गर्न आइसियू र आइसोलेसनको पूर्वाधार निर्माण गर्ने तयारी भएको हो।

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १र१ वटा रहने गरी आइसियू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो।

समितिले यसका लागि विस्तृत प्रस्ताव तयार पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसारको रकमको व्यवस्था अर्थ मन्त्रालयले गर्ने निर्णय पनि समितिले गरेको छ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आइसियू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १-१ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने। त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने,’ समितिको निर्णयमा भनिएको छ।स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*