अमेरिकी सेनाले वुहानमा कोरोना भाइरसको संक्रमण फैलाएको चीनको दाबी
मकवानपुर । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले वुहानमा कोरोना भाइरस अमेरिकी सेनाले संक्रमण फैलाएको दाबी गरेका छन् । उनले शुक्रबार ट्विटमार्फत कोरोना इपिसेन्टर भनिएको हुबेइ प्रान्तको सेन्ट्रल वुहानमा नोभेल कोरोना भाइरस अमेरिकी सेनाले ल्याएको दाबी गरेका हुन् ।
जाओले आफ्ना दुई लाख ८७ हजार फलोअर्सलाई क्यानडास्थित षड्यन्त्र फैलाउने वेबसाइटले लगाएको आरोपको खण्डन गर्दै कोरोना भाइरस चीनको वुहानमा नभएर अमेरिकाबाट सुरु भएको कुरा शेयर गर्न आग्रह गरेका छन् । उनले वुहानको सी फुडबाट कोरोनाको संक्रमण नफैलिएको पनि दाबी गरेका छन् ।
‘मैले विश्वास गरेका धेरै कुराहरु एकाएक आश्चार्यजनक तरिकाले परिवर्तन भएका छन्,’उनको आधिकारीक ट्विटमा लेखिएको छ । तर, बेइजिङस्थित अमेरिकी दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
अमेरिकी सेना गत अक्टोबरमा अन्तर्राष्ट्रिय सैनिक विश्व खेलकुदका लागि वुहानमा गएको थियो । उक्त कुरालाई जोड्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता यस्तो आरोप लगाएका हुन् ।
अहिले विश्वभरमा १२७ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । बाह्रखरी डटकमबाट