चैत २ गते कांग्रेसका सम्पूर्ण कार्यालय बन्द

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १५:०२

मकवानपुर । नेपाली कांग्रेसले चैत २ गते पार्टीको केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयहरू बन्द गर्ने भएको छ । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री पूर्णकुमार सेर्मा (लिम्बू)को सम्मानमा कांग्रेसले चैत २ गते सम्पूर्ण पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य सेर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सम्मान स्वरूप एक दिन पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार बैठकले शुक्रबारदेखि आइतबारसम्म तीनदिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरूमा पार्टीको झन्डा आधा झुकाउने पनि निर्णय गरेको छ । कांग्रेसले नेता सेर्माको निधन भएको १३औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ ।

सेर्माको फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पाँचथरको साराङडाँडा ७ निगालेमा २००० असोज १२ गते जन्मिएका सेर्माका पत्नी, दुई छोरा र पाँच छोरी छन् ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*