अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १५:३२

मकवानपुर ।अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड- १९ भएको पुष्टि गरिएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री पिटर शुक्रबार बिहान उठ्‍ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड-१९ भएको पुष्टि गरिएको हो ।’
डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्‍विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो ।

‘क्‍विन्सल्यान्ड हेल्थको नीति अनुसार कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना गर्नुपर्छ । र म उहाँहरुको सुझावलाई मान्‍न तयार छु । मैले अहिले आराम महसुस गरिरहेको छु । आगामी स्वास्थ्य अवस्थाबारे जानकारी गराउने छु,’मन्त्री डुटोनले भने ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण बढ्दै जाँदै पूर्व सावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*