विक्रमले पूरा गरे २६७७ किलोमिटर यात्रा

मकवानपुर । मकवानपुर, हेटौंडाका विक्रम भारतीले सुरु गरेको विश्व साइकल यात्राको २३ औं दिनसम्म २६७७ किलोमिटर यात्रा पूरा गरेका छन्।
हेटौंडाबाट फाल्गुण ७ गते विश्व यात्रामा निस्किएका भारतीको यात्रा टुरिजम बोर्ड तथा पर्यटन विकास आयोजना बागमतीको सहयोग रहेको छ । यात्रामा मकवानपुर बाहेक अन्य जिल्लाबाट पनि दुई जना छन् ।
पहिलो चरणको यात्रामा १३ देशको यात्रा गर्ने गरी विक्रम सहितको टोली नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार समेत गर्ने गरी विश्वयात्रामा निस्किएका हुन । अहिले हाल विश्वमा माहामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोपका कारण यात्रामा केही असहजता भएपनी यो यात्रा नरोकिने उनले बताए ।
यात्री विक्रमले अहिले दिनको करिब ८० देखि १३० किलोमिटरसम्म यात्रा भइरहेको बताए । अब उनी लाओस–थाईल्यन्ड–मलेसिया –सिंगापुर– इन्डोनेसिया–टिमोर लेस्टे हुँदै जापान प्रस्थान गर्ने योजनामा छन् ।