आजदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

लोकखबर
१ चैत्र २०७६, शनिबार १२:२३

मकवानपुर । आज रातिदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् ।

कोरोना भाइरसको संक्रमण रेक्नका लागि सरकारले स्थालमार्ग हुँदै नेपाल आउने तेश्रो देशका नागरिकलाई आज शनिबार राति १२ बजेदेखि आउादो वैशाख १८ गतेसम्मका लागि रोक लगाएको हो ।

यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताउनुभयो ।

यसैगरी, विदेशी नागरिक तथा गैह्रआवासीय नेपालीलाई नेपाल आइसकेपछि दिइने अन अराइभल प्रवेशाज्ञा पनि आजै राति १२ बजेदेखि वैशाख १८ गते सम्मका लागि स्थगित गरिनेछ । यस्तै नेपाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढिमा सात दिन अघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

यसैगरी, आजै रातिदेखि नेपाल आउने विदेशी तथा विदशेबाट आउने नेपाली सबैले अनिवार्य आफैँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ ।

यस बाहेक अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेक्शन लेटर स्थगित गरिएको छ । यस्तै सरकारले संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*