भाउजुको हत्या गरेको आरोपमा दुई देवर पक्राउ

मकवानपुर ।आफ्नै भाउजुको हत्या गरेको आरोपमा तेह्रथुम आठराई गाउँपालिका-४, ईवा तीनसल्लेमा दुई देवर पक्राउ परेका छन् ।
२८ वर्षीया बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन् ।
दाइले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले भाउजुको हत्या गरेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले झापाबाट राति गाडी रिजर्भ गरी उनीहरु तेह्रथुम गएको भाउजुको हत्यापछि उनीहरु झापा नै फर्किएको बताउनुभयो ।
विन्दाको श्रीमान् वैदेशिक रोजगारीको लागि दुबईमा छन् । उज्यालो अनलाईन डटकमबाट