सुनको भाउ तोलामा १५ सयले घट्यो

लोकखबर
२ चैत्र २०७६, आईतवार १३:२०

मकवानपुर ।सुनको भाउ आइतबार तोलामा १५ सय रुपैयाँले घटेको छ । सुनको भाउ आइतबार तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*