प्रचण्डलाई थप्पड हानेका कुँवर संसद भवन छिरेपछि पक्राउ

लोकखबर
२ चैत्र २०७६, आईतवार १४:५६

मकवानपुर ।तत्कालीन एकीकृत नेकपा माओवादी (हाल नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् ।

प्रहरीको सुरक्षा घेरामा रहेको संघीय संसद भवनमा जवरजस्ती छिरेको आरोपमा प्रहरीले शनिबार राति कुँवरलाई पक्राउ गरेको हो ।

संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार कुँवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

प्रहरीसँग उनले नेताहरुले देश बिगारे भन्दै ‘हल्ला गरेपछि’ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दूर्गाराज रेग्मीले कुँवर पक्राउ परेको जानकारी दिए ।

बाग्लुङको राजकुत भर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*