मास्कको कालोबजारी गर्ने ८ जना पक्राउ

लोकखबर
२ चैत्र २०७६, आईतवार १५:०८

मकवानपुर ।मास्कको कालो बजारीमा संलग्न रहेको अभियोगमा ८ जनालाई ६८ हजार थान मास्कसहित काठमाडौं महानगरपालिका –१५ डल्लुबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रे रोसी गाउँपालिका-७ घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय मिन्टु तामाङ, सोही ठाँउ घर भई ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय मानकाजी तामाङ, रामेछाप घर भई नागार्जुन बस्ने २३ वर्षीय अनिष कार्की, बाजुरा घर भई हाल एकान्तकुना बस्ने २१ वर्षीय थुपराज उपाध्यय, बाजुरा घर भई कोटेश्वर बस्ने २५ वर्षीय निर्प कार्की, नागार्जुन बस्ने २८ वर्षीय उज्वल अधिकारी, रामेछाप घर भई हाल पाटन बस्ने २४ वर्षीय शिव खड्का र काभ्रे घर भई हाल स्वयम्भू बस्ने २० वर्षीय निशान तामाङ रहेका छन्।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले डल्वुस्थित मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी माक्स लुकाई बढी मूल्यमा बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

उक्त अनुसन्धानको क्रममा ५ रूपैयाँ पर्ने मास्कलाई ३१ रूपैयाँ मूल्यमा बिक्री वितरण गर्ने लागिरहेको प्रहरी परिसरले जनाएको छ।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*