‘सङ्क्रमित लामखुट्टेका कारण डेङ्गीको सङ्क्रमण चाँडै देखियो’

लोकखबर
२ चैत्र २०७६, आईतवार १६:२४

मकवानपुर ।पहिलेको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाका कारण यो वर्ष चाँडै नै डेङ्गीको सङ्क्रमण देखिएको डाक्टरले बताएका छन् ।

यो वर्ष पानी परिरहेको र गएको वर्ष सङ्क्रमित भएको अण्डा पानीको सम्पर्कमा आएकाले मानिसमा चाँडै नै रोगको सङ्क्रमण देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

लामखुट्टेको अण्डा एक वर्षसम्म नष्ट नहुने र पानीको सम्पर्कमा आउने बित्तिकै लार्भा उत्पादन हुने भएकोले यसले कुनै मौसम पर्खेर नबस्ने महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाशप्रसाद साहले उज्यालोलाई जानकारी दिनुभयो । सङ्क्रमणबाट बच्न नजिकै रहेका झाडीहरु नष्ट गर्न र खाल्डाखुल्डी पुर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

गएको वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण देखिएको र यो वर्ष पनि चाँडै नै यसको लक्षण देखा परेकोले उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

एडिस एजेप्टाइ र एई अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग अहिले प्रकोपको रुपमा देखिएको छ । पुसको दोस्रो हप्तादेखि गएको शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको महाशाखाले जनाएको छ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*