दोलखामा ३ करोड रुपैयाँ बराबरको विद्युत् महसुल उठेन
मकवानपुर । दोलखामा झण्डै तीन करोड रुपैयाँ बराबरको विद्युत् महसुल उठ्न बाँकी रहेको दोलखा विद्युत् प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म दोलखाका विभिन्न किसिमका ग्राहकबाट दुई करोड ९५ लाख ५६ हजार दुई सय ६९ रुपैयाँ २४ पैसा उठ्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।
विशेषगरी उद्योगी व्यवसायी र सर्वसाधारण ३० प्रतिशत ग्राहकबाट महसुल बापतको रकम उठ्न बाँकी छ भने प्राधिकरण दोलखाका ७० प्रतिशत ग्राहकले नियमित विद्युत् महसुल तिर्दै आएको बताइएको छ । बैत्यश्वर, तामाकोशी र मेलुङ गाउँपालिकाका ग्राहकबाट विद्युत् महसुल नियमित भुक्तानी नहुने प्राधिकरणको भनाइ छ ।
विद्युत् महसुल लामो समयदेखि नतिर्ने एक सयभन्दा बढी ग्राहकलाई कालो सूचीमा राखिएको छ । तिर्न बाँकी रहेको विद्युत् महसुल समयमै तिर्न प्राधिकरण दोलखाले अनुरोध समेत गरेको छ ।
चालु आर्थिक वर्ष २०७६र०७७ को अहिलेसम्म आठ करोड ७२ लाख ९४ हजार आठ सय ९६ रुपैयाँ विद्युत् महसुल बापतको रकम सङ्कलन भएको प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ । उज्यालो अनलाईन डटकमबाट