पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घरभित्र

लोकखबर
३ चैत्र २०७६, सोमबार १०:४९

मकवानपुर ।पशुपति क्षेत्रमा रहेका ११ ओटा शिवलिङ्गमध्ये चार ओटा स्थानीय व्यक्तिको घरभित्र रहेको पाइएको छ । पशुपति क्षेत्र विकास कोषले चार वटा शिवलिङ्ग मानिसको घरभित्र रहेको भन्दै संरक्षण गर्न गाह्रो भएको बताएको हो ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदामा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन समितिको बैठकमा हराएका शिवलिङ्गको अनुगमन गर्नेबारे छलफल भएको थियो ।

समितिकी सभापति पवित्रा निरौला खरेलले शिवलिङ्ग व्यक्तिगत घरभित्र रहेको भन्दै पशुपति क्षेत्र विकास कोषले अनुगमन गर्नुपर्ने बताउनु भएको हो । व्यक्तिको घरभित्र शिवलिङ्ग भए पनि दर्शन गर्ने बाटो खुलाउनु उहाँले बताउनु भयो ।

कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्याङ्क राख्नुपर्नेमा उहाँले बताउनु भयो । समितिका सदस्य सरलाकुमारी यादवले पनि शिवलिङ्ग व्यक्तिगत घरमा हुँदा व्यवस्थापन कसरी गर्ने भन्नेबारे योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोषले पशुपति क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका भएका कारण संरक्षण गर्न कठिन भएको जवाफ दिएको छ । कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।उज्यालो अनलाईन डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*