सतुङ्गल र कपनबाट १० लाख थान मास्क बरामद

लोकखबर
३ चैत्र २०७६, सोमबार १२:३८

मकवानपुर । प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ ।

बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई पक्राउ गरेर सतुङ्गलमा रहेको गोदाम सिल गरेको जानकारी दिनुभयो ।

सिल गरिएको गोदामबाट आइतबार र सोमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताउनुभयो ।

मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने डीएसपी बोगटीको भनाइ छ ।

प्रहरीले शनिबार काठमाण्डौको डल्लुबाट ७८ हजार मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*