बाबुआमाको हत्या अभियोगमा छोरा पक्राउ, ‘हेडफोन’ले पुर्‍यायो छोरासम्म

लोकखबर
३ चैत्र २०७६, सोमबार १३:४०

मकवानपुर ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् ।

गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए ।

जयलालले जेठी श्रीमतीको मृत्यु भएपछि धनासँग दोस्रो विवाह गरेका थिए ।

अनुसन्धानमा क्रममा जेठी श्रीमतीका छोरा २६ वर्षीय भरत भण्डारीको संग्लनता देखिएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए ।

उनका अनुसार भरत डडेल्धुराको जोेगेनामा बस्दै आएका थिए ।

उनी ३ वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किएका थिए । एसपी मरासिनीले बाह्खरीसँग भने, “घटनास्थलबाट हामीले मोबाइलको हेडफोन बरामद गरेका थियौँ । अनुसन्धान गर्दै जाँदा भरतले प्रयोग गर्ने मोबाइल र बरामद भएको हेडफोन एउटै कम्पनीको देखियो । उनी सुरुदेखि नै हाम्रो निगरानीमा थिए । पक्राउपछि उनले हत्या आफूले गरेको साविती बयान दिएका छन् । पारिवारिक कारण देखिन्छ ।”

हत्यापछि उनी भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी दाबी छ ।

जयललालले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि दुई वर्षअघि धनासँग विवाह गरेका थिए । बाबुआमाको हत्यापछि सात महिनाकी छोरी पनि घटनास्थलमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

बेहोस अवस्थामा भेटिएकी छोरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*