नख्खुदोबाटोबाट १ लाखसहित ६ जुवाडे पक्राउ

लोकखबर
३ चैत्र २०७६, सोमबार १४:०१

मकवानपुर ।ललितपुर महानगरपालिका–१३ नख्खुदोबाटो बस्ने ७२ वर्षीय काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काईचा महर्जन, गोपीलाल तामाङ, रुद्र बहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्तबहादुर घले छन् ।

महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*