२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै

लोकखबर
४ चैत्र २०७६, मंगलवार १२:०६

मकवानपुर ।देश नम्बर २ को नाम र स्थायी राजधानी तोक्ने विषयमा मंगलबार प्रदेशसभामा मतदान हुने भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिहान ८ बजे नै प्रदेशसभा बैठक बोलाइएको भएपनि करिब ११ बजेतिर मात्रै बैठक शुरु भएको छ ।
बैठकमा अहिले प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी र नामको विषयमा बोलिरहेका छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको झन्डै २५ महिना पछि २ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा मतदान हुन लागेको हो ।

स्थायी राजधानी जनकपुरधामलाई तोक्ने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको एकमत छ । तर, नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशसभाको स्थायी राजधानी र प्रदेशको नाम परित गर्ने संवैधानिक व्यवस्था छ । पहिलो चरणमा दुईतिहाई बहुमत नपुगे दोस्रो चरणमा मतदान हुने छ ।

कूल १ सय ७ जना सांसद रहेको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२, प्रदेश सरकारको सत्तारुढ दल समाजवादी पार्टीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राष्ट्रिय जनता पार्टीको २५ तथा संघीय समाजवादी पार्टीको १ सिट छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*