राष्ट्र बैंक गभर्नर विहीन हुँदै, नियुक्ति प्रक्रिया अझै सुरु भएन

लोकखबर
४ चैत्र २०७६, मंगलवार १४:४८

मकवानपुर । सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गर्दा बुधबारदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन हुने सम्भावना रहेको छ ।

वर्तमान गभर्नर चिरिञ्जिवी नेपालले मङ्गलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन बन्न लागेको हो । गभर्नर अवकाशको एक महिनाअघि नै नयाँ गभर्नरको टुङ्गो लगाउनुपर्ने भए पनि सरकारले यो पटक अहिलेसम्म गभर्नर नियुक्तको प्रक्रिया नै सुरु गरेको छैन ।

राष्ट्र बैंक ऐनमा नयाँ गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषद्ले अर्थ मन्त्रीको संयोजकत्वमा एक समिति बनाउने र समितिको सिफारिसका आधारमा सरकारले नियुक्त गर्ने उल्लेख भए पनि अहिलेसम्म समिति नै बन्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुँदा मन्त्रिपरिषद्को बैठक नै बस्न नसक्दा समिति गठनमै ढिलाइ हुँदा गभर्नर नियुक्तिको प्रक्रिया नै सुरु नभएको हो । गभर्नरको लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगकका सदस्य मीनबहादुर श्रेष्ठ, पूर्व अर्थसचिव लालशङ्कर घिमिरे, राजन खनाल लगायतको चर्चा रहेको छ ।

चिरिञ्जिवी नेपालले अवकाश पाएपछि मङ्गलबारदेखि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायम मुकायम गभर्नरको रुपमा काम गर्नुहुनेछ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*