कोरोना संक्रमितको उपचारका लागि ७२ घण्टामै ७० शैय्याको अस्पताल बनाइने

लोकखबर
४ चैत्र २०७६, मंगलवार १५:१०

मकवानपुर । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि चितवनमा छुट्टै अस्पताल बनाउन थालिएको छ । यस्तो अस्पताल ७२ घण्टा भित्रै तयार गरिन लागिएको हो ।

भरतपुर महानगरपालिकाको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले उद्योग संघ चितवनले निर्माण गरेको प्रदर्शन केन्द्र (एक्स्पो सेन्टर)को भवनलाई प्रयोग गरेर ७० शेय्याको अस्पताल बनाउने निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको संयोजकत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पूर्वतयारी कार्यदल समेत गठन भएको छ । उक्त कार्यदलले मंगलबार कोरोना संक्रमितको उपचारका लागि अस्पताल बनाउने क्षेत्रको निरीक्षण समेत गरिसकेको छ ।

एक्स्पो सन्टरमा निर्माण गरिने उक्त अस्पतालको नाम भरतपुर कोरोना विशेष अस्पताल राखिने छ । अस्पतालमा ५० वटा साधारण शैय्या, १० शैय्याको एचडीयू ९हाई डिपेन्डेन्ट यूनिट० र १० शैय्याको आईसीयू हुने छ ।

हाल कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेकाले अब सोही अस्पतालमा त्यस्तो ल्याब स्थापना गर्ने विषयामा समेत तयारी थालिएको छ ।

अस्पतालको बहिरंग सेवाको व्यवस्थापनका लागि डा। भोजराज अधिकारी र डा. अनिलविक्रम कार्कीलाई दिइने जनाइएको छ । यस्तै, जनशक्ति व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको छ ।

जनरल वार्डको व्यवस्थापन क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले गर्नेछन् भने एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेजले गर्ने छ ।

अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने जिम्मा भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन, उद्योग वाणिज्य संघ, उद्योग संघलाई दिइएको छ ।

अस्पतालका लागि आवश्यक पर्नेमध्ये २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर क्यान्सर अस्पतालले उपलब्ध गराउने भएको छ ।

अस्पतालमा आवासीय रुपमा नै चिकित्सक र प्यारामेडिक्सहरु खटाइने छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*